नेपालमा थप २७ जनामा कोरोना संक्रमण, कुल संख्या ४०२
नेपालगन्ज : नेपालमा थप २७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको भिडियो पत्रकार सम्मेलनमा विभिन्न जिल्लाका पुरुष २४ र महिला ३ गरी थप २७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । मन्त्रालयकाका प्रवत्ता विकास देवकोटाका अनुसार संक्रमितहरु मध्य झापाका ९ जना, कपिलबस्तुका ४, काठमाण्डौका ३, सर्लाहीका २ र मोरंग, सुनसरी, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सिन्धुली, लमजुङ्ग, र नवलपरासीमा १/१ जना गरी जम्मा २७ जना नयाँ संक्रमित फेला परेका हुन ।
मन्त्रालयका अनुसार संक्रमित रहेको जिल्ला ३६ पुगेको छ भने संक्रमितमध्ये पुरुष ३४० र महिला ६२ जना गरी नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ ।