विश्वमा कोरोनाबाट मृत्यु हुने ५ लाख नाध्यो

नेपालगन्ज : कोरोना महामारी (कोभिड १९) बाट विश्वभर पाँच लाख बढीको मृत्यु भएको छ ।
विश्वभर कोरोना महामारीको रेकर्ड अपडेट गर्ने वेभसाइट वल्र्डोमिटर्स डट इन्फोका अनुसार आइतबार बिहान १०ः१५ बजेसम्म विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख एक हजार नौ रहेको छ । कोरोना संक्रमितको संख्या भने एक करोड ८२ हजार ६ सय १८ रहेको छ । कोरोना निको भएर घर फर्कने भने ५४ लाख ५८ हजार ५ सय २३ रहेको छ ।