योग फोटो विजेता अनिता : योगासन (फोटो फिचर)

आर्ट अफ लिभिङको प्रतियोगितामा अनिता दुलालको उत्कृष्ट भएको शीर्षासन फोटो । सबै फोटोहरु सौजन्य : अनिता दुलाल

द आर्ट अफ लिभिङ नेपालले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजना गरेकोे राष्ट्रिय योग आसन फोटो प्रतियोगितामा ६९ जना प्रतिपष्र्धीलाई उछिन्दै काठमाडौं गोलढुंगाकी अनिता दुलाल विजेता बनिन् । पेशाले कानुन व्यवसायी दुलाल एलएलएमकी विद्यार्थी हुन् । उनले योग गर्न थालेको भने चार पाँच वर्ष भइसकेको छ । भन्छिन्, ‘हठ योग गर्न लागेको भने एक डेढ वर्ष भयो । मलाई अरु कसैले सिकाउने भन्दा पनि आफै पुस्तक पढेर नियमित योग गर्छु ।’
दुलालका योगासनका केही झलकहरु