नेपाल प्रहरी टोलीद्वारा बागेश्वरी मन्दिर सफाइ (फोटो फिचर)

बागेश्वरी मन्दिर सफाइ गर्दै प्रहरीहरु । फोटोहरु सौजन्य : जिल्ला प्रहरी कार्यालय बाँके

नेपालगन्ज : नेपाल प्रहरीको टोलीले शक्तिपिठ बागेश्वरी मन्दिर सफाइ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीको कमाण्डमा प्रहरी टोलीले सोमबार बिहान ७ बजे नेपालगन्ज उपमहानगरपालिका २ मा रहेको बागेश्वरी मन्दिरमा सफाइ गरेको हो । कोरोना संक्रमण फैलिने त्रासका कारण यो वर्ष बागेश्वरी मन्दिर बन्द गरिएको छ । भक्तजनले मन्दिर बाहिरबाटै दर्शन गर्ने व्यवस्था मिलाइने भएको छ ।