रत्नराजमार्ग छेवैमा ह्याप्पी वर्ल्ड फनपार्क सञ्चालन

कोहलपुर : बाँकेमा ह्याप्पी वर्ल्ड नामक फनपार्क सोमबारदेखि सञ्चालनमा आएको छ ।
रत्नराजमार्गको छेवैमा कोहलपुर नगरपालिका—१४ हवलदारपुरमा साढे तीन विघा क्षेत्रफलमा फैलिएको फनपार्कमा स्काइ साइक्लिङ्ग, जिपप्ले, बुल राइड, जाइन्ट सिरिङ्ग, वाल क्लाम्बिङ्ग र बच्चाहरुको लागि बञ्जीलगायतका अन्य सुविधा रहेको ह्याप्पी वर्ल्ड फनपार्कका प्रकन्ध निर्देशक विजय भण्डारीले जानकारी दिए । वाटर फनका साथै रेष्टुरेण्ट र ब्यांकेटसम्मको सुविधा रहेको छ । ह्याप्पी वर्ल्ड फनपार्कमा नेपालगन्जका २५ जना ब्यापारीको समूहले ३५ करोड रुपैयाँ लगानी रहेको छ ।