बी–ग्रुपद्वारा नेपालगन्जका अतिविपन्न परिवारहरुलाई खाद्यान्न सहयोग

नेपालगन्ज : भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप)ले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कोरोनाबाट प्रभावित अतिविपन्न, दलित र शारिरिक अशक्त भएका परिवारहरुलाई खाद्य सामाग्री सहयोग गरेको छ ।
केयर नेपालको सहयोगमा बी–ग्रुपले पहिलो चरणमा २५ र दोश्रो चरणमा ७५ परिवारलाई पनि वितरण गरिने कार्यक्रम रहेको संस्थाका निर्देशक डम्मर सुनारले बताउनुभयो । खाद्य सामाग्रीमा चामल ५० किलो, रहर दाल ३ किलो, चना डेढ किलोे, पिठो ५ किलोको प्याकेट, तोरीको तेल साढे २ लिटर, २ किलो आयोनून, २ किलो चिनी र नुहाउने साबुन ४ थान गरी प्रति परिवारलाई ५ हजार २ सय रुपैया बराबरको छ ।

बी–ग्रुपद्वारा खाद्यान्न सहयोग गरिँदै । फोटो सौजन्य : सोम गुरुङ