संविधान दिवसमा देशभर विविध कार्यक्रम

नेपालगन्ज : संविधान दिवसको अवसरमा आइतबार राजधानीलगायत देशभर विविध कार्यक्रम गरी धुमधाम मनाइएको छ ।
बाँके जिल्लामा बिहानदेखि दिनभर साँझ अबेरसम्म घरघरमा राष्ट्रिय झण्डा फहराउने, दिपावली गर्ने र सार्वजनिक स्थान, मठमन्दिरलगायतका धार्मिक स्थल सरसफाइका कार्यक्रम गरिएको थियो । नेपालगन्जको बागेश्वरी मन्दिर सरसफाइ गरिएको थियो । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अगुवाइमा मन्दिरमा सरसफाइ गरिएको हो । संविधान दिवसकै अवसरमा नेपालगन्ज रंगशालामा वृक्षारोपण गरिएकोे थियो । संविधान दिवसको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा दिएको थियो ।