डीएसपी खनालसहित बाँकेका ३२ प्रहरी पुरस्कृत
नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले डीएसपीसहित ३२ प्रहरीलाई पुरस्कृत गरेको छ ।
६६औंं प्रहरी दिवस-२०७८ को अवसरमा बुधबार जिप्रका परिसरमा आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डीएसपी रविन्द्र खनालसहितका प्रहरी अधिकृत, असइ, हवल्दार र प्रहरी जवानलाई पुरस्कृत गरेको हो । डीएसपी खनाललाई लुम्बिनी प्रदेश प्रहरीले प्रदान गरेको पुरस्कार बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले हस्तान्तरण गरेका हुन् । अन्य ३१ जनालाई भने जिप्रका बाँकेले पुरस्कृत गरेको डीएसपी खनाललाई लुम्बिनी प्रदेश प्रहरीले प्रदान गरेको पुरस्कार बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले हस्तान्तरण गरेका हुन् । अन्य ३१ जनालाई भने जिप्रका बाँकेले पुरस्कृत गरेको प्रहरी निरीक्षक ईश्वरदेव गिरीले जानकारी दिए ।
सो अवसरमा प्रहरी कार्यमा सहयोग गर्ने, प्रहरी भवनका जग्गादाता र अमर प्रहरी परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । ६६औं प्रहरी दिवस २०७८ को अवसरमा विभिन्न विधामा सञ्चालन गरिएको ब्याडमिन्टन, टेबल टेनिस, कुर्सी दौड प्रतियोगिताका विजेता खेलाडीलाई पनि पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । प्रहरी कार्यमा सहयोग गर्ने र जग्गादाताहरुलाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकज्युबाट प्राप्त कदर पत्र प्रदान गरिएको तथा अमर प्रहरी परिवारजनलाई दोसल्ला ओढाई प्रमुख अतिथिज्युले सम्मान गर्नु भ्एको थियो ।
जिप्रका बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डीएसपी मधुसुधन न्यौपानेले स्वागत मन्तव्य दिएका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा अमर प्रहरी परिवारको तर्फबाट खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विश्वकर्मा र पूर्वप्रहरी नायव उपरीक्षक ज्योतिप्रसाद श्रेष्ठलगायतले शुभकामना ब्यक्त गरेका थिए ।