नेपालगन्ज भन्सारको लक्ष्य सजिलै पूरा हुने

नेपालगन्ज : गत आर्थिक वर्षमा उत्साहजनक रुपमा राजश्व असुली गरेको नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पनि लक्ष्य सजिलै पूरा हुने देखिएको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा संकलन भएको राजश्व हेदा यसवर्ष बृद्धि भएको लक्ष्य समेत सजिलै पूरा गर्ने संकेत देखिएको हो । भन्सार विभागले गत बर्ष १५ अर्ब लक्ष्य रहेको नेपालगन्ज भन्सारलाई चालु आर्थिक वर्षमा लक्ष्य बढाएर २५ अर्ब पु¥याएको थियो । एकै वर्षमा अस्वाभाविक रुपमा असुली लक्ष्य बढाएपछि राजश्व संकलन गर्न चुनौती बढिरहेका बेला पछिल्लो तीन महिनामा असुली भएको राजश्वले यो वर्षको लक्ष्य पूरा हुनेमा नेपालगन्ज भन्सार ढुक्क भएको भन्सार अधिकृत महेश्वर पौडेलले बताए । पछिल्लो तीन महिनामा झण्डै ६ अर्ब अर्थात लक्ष्यको ११० प्रतिशत राजश्व असुली गरिसकेकोले यो वर्षको लक्ष्य पूरा गर्न सहज हुने उनको भनाइ छ ।