मतदाताको घरदैलोमा पुगे पूर्वमन्त्री राई !

रमेशकुमार यादव । जब्दहवा
पूर्वमन्त्री तथा बाँके क्षेत्र नं. २ का संघीय सांसद मो. इस्तियाक राई मतदाताको घरदैलोमा पुगेका छन् ।
मन्त्री राई शुक्रबार बाँकेको डुडुवा गाउँपालिको जब्दहवामा पुगेर आफ्नो निर्वाचन क्षेत्रका स्थानीयको समस्याबारे जानकारी लिएका थिए । जनता समाजवादी पार्टीले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा पूर्वमन्त्री राई पुग्दा स्थानीय खुसी भएको गाउका अगुवा चेतराम चौधरीले बताए ।