जिल्ला प्रशासन बाँके र बर्दियाको सेवा बन्द

नेपालगन्ज : कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय बाँके र बर्दियाको सेवा बन्द गरिएको छ ।

सोमबार दुबै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि कार्यालयका सेवाहरु स्थगन गरिएको जनाएका छन ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार शान्ति सुरक्षा र मुद्धा लगायतका अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । प्रमूख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीद्वारा हस्ताक्षरित सूचनामा मंगलबारदेखि अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा शान्ति सुरक्षा र मुद्दाबाहेक अन्य सेवाहरु स्थगित गरिएको छ ।

 
त्यस्तै जिल्ला प्रशासन कार्यालय बर्दियाले सोमबार अधिकाँस कर्मचारीहरुमा संक्रमण देखिएपछि होम आईसोलेसनमा बस्नुपरेकोले माघ १५ गतेसम्मका लागि कार्यालयका सेवाहरु स्थगित गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारद्धारा जारी सूचनामा कार्यालयवाट प्रदान गरिने अत्यावश्क शान्तिसुरक्षाबाहेकका सबै सेवा माघ १५ गतेसम्मका लागि स्थगित गरीएको उल्लेख गरिएको छ ।