शिवशिखर बहुउद्देश्यीय सहकारीको नेपालगन्ज सेवा केन्द्रमा एटिएम सेवा सुरु
नेपालगन्ज : शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले नेपालगन्ज सेवा केन्द्रमा एटिएम सेवा सुरु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणाले सोमबार नेपालगन्ज २ न्यूरोडस्थित सहकारीको सेवा केन्द्र भवनमा एटिएम सेवा शुभारम्भ गरेका हुन् । भक्तपुरको कमलविनायक र कास्कीको पोखरा पस्र्याङमा एटिएम सेवा सुरु गरिसकेको सहकारीको एटिएम सेवा सञ्चालन गर्ने नेपालगन्ज तेश्रो सेवा केन्द्र हो ।
भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले मुलुकका विभिन्न २४ स्थानमा सेवा केन्द्र विस्तार गरेको छ । माघ महिनाभित्र विभिन्न १३ वटा सेवा केन्द्रमा एटिएम सेवा सञ्चालनमा ल्याइने संस्थाका प्रमुख कार्यकारी अधिकृत लीलानाथ गौतमले जानकारी दिए । सेवा केन्द्र रहेका सवै स्थानमा एटिएम सेवा विस्तार गर्ने संस्थाको योजना छ । सहकारीको आफ्नै मोवाइल एप पनि छ । सहकारीले निकट भविष्यमा इ टेलर इ टान्जेक्सनलगायतका सेवा पनि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । सहकारीले नेपालगन्जमा गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर पनि सञ्चालन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका २ भानुभक्त चोकमा ११ मंसिरमा गार्डेन मार्ट उद्घाटन भएर सञ्चालन भइरहेको छ ।