स्प्रिङ डेल स्कुल नेपालगन्जलाई ब्रिटिस काउन्सिलद्वारा इन्टरनेशनल स्कुल अवार्ड प्रदान
नेपालगन्ज : नेपालगन्जको स्प्रिङ डेल एकेडेमीले ब्रिटिस काउन्सिलको इन्टरनेशनल स्कुल अवार्ड पाएको छ ।
मंगलबार भर्चुअल रूपमा आयोजना गरिएको समारोहमा शिक्षा तथा मानव संसाधन विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेल, ब्रिटिश काउन्सिल नेपालकी कन्ट्री डाइरेक्टर शाहिदा म्याकडुगल लगायतलले संयुक्त रुपमा पुरस्कार घोषणा गरेका हुन् । विजेता विद्यालयलाई ट्रफी र योग्यताको प्रमाणपत्र पठाइने काउन्सिलले जनाएको छ । ब्रिटिस काउन्सिलले झन्डै एक दशकदेखि यस्तो अवार्ड प्रदान गर्दै आएको छ । बाँके जिल्लामा इन्टरनेशनल स्कुल अवार्ड पाउने स्प्रिङ डेल एकेडेमी एक मात्र विद्यालय हो । अवार्ड प्राप्त गर्ने स्कुलहरूलाई तीन वर्षका लागि उनीहरूका सबै आधिकारिक स्टेशनरी-लेखन सामग्री र प्रवद्र्धन सामग्रीहरूमा आफ्ना स्कुलको लोगोसँगै प्रतिष्ठित इन्टरनेशनल स्कुल काइट मार्क प्रयोग गर्न दिइने ब्रिटिस काउन्सिलले जनाएको छ ।