खजुरास्थित जेठी नालामा स्टील ट्रस पुल निर्माण

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका ७ सिन्दुरे स्थित जेठी नालामा स्टील ट्रस पुल निर्माण सम्पन्न भएको छ । खजुरा गाउँपालिकाको २८ लाख ३४ हजार ६०७ रुपैया लागतमा पुल निर्माण सम्पन्न भएको हो । पुलको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले सोमबार उदघाटन गरेका छन् । लामो समय काठको पुलबाट जोखिमपूर्ण यात्रा हुँदै आएकोमा उक्त कुराको मध्यनजर गर्दै खजुरा गाउँपालिकाले तल्लो लुन्द्री जोड्ने पुल निर्माण गरेको हो ।

खजुरा गाउँपालिका योजना प्रमुख तथा सूचना अधिकृत दिल बहादुर पौडेलका अनुसार उपभोक्ता समितिमार्फत १६ लाख ४७ हजार २६४ रुपैयाँ ४६ पैसा र रिजवान इन्जिनियरिंग ११ लाख ८७ हजार ३४३ रुपैयाँँ गरि २८ लाख ३४ हजार ६०७ रुपैयाँ ४६ पैसाको लागतमा पुल निर्माण सम्पन्न भएको हो । वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खान प्राविधिक शाखा इन्जिनियर लगायत स्थानीयको उदघाटन कार्यक्रममा सहभागिता थियो ।