भेरी अस्पतालमा बाँके र दाङका २ संक्रमितको मृत्यु

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा कोरोनाबाट दुई जना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर ओलीका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका ८ का ८६ वर्षका पुरुषको बिहान ९ बजे र दाङको शान्तिनगर गाउँपालिका ३ का ८० वर्षका पुरुषको बुधबार राति ११ः५० मा मृत्यु भएको हो । बिहीबार बिहानसम्म भेरी अस्पतालमा २२ महिला र २० पुरुष गरी ४२ जनाको उपचार भइरहेको छ । कोरोनाबाट बाँकेका ३४८ र बाँकेका अस्पतालमा उपचार गर्न आएका बाहिरी जिल्लाका ४४२ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।