बाँकेमा ८३ प्रतिशत बालबालिकालाई मोडर्ना खोप

नेपालगन्ज : बाँके जिल्लामा कोरोनाविरुद्धको मोडर्ना खोप ८३ प्रतिशतले लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ६९ हजार ८ सय ३७ जना बालबालिकालाई मोडर्ना खोप लगाउने लक्ष्य रहेकोमा तीन दिनमा ५७ हजार ९ सय ७१ जनाले खोप लगाएका छन् । ११ हजार ८१७ जना खोप लगाउनबाट छुटेका छन् । लक्ष्य अनुसार सबैभन्दा बढी कोहलपुर नगरपालिका १२९ प्रतिशत र सबैभन्दा कम नरैनापुर गाउँपालिकामा ३८ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । बाँकेका ४३३ विद्यालयका १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकालाई २६९ वटा खोप केन्द्रबाट बुधबार, बिहीबार र शुक्रबार खोप लगाइएको थियो । अधिकांश खोप केन्द्र विद्यालय परिसरमै रहेका थिए ।