कोरोनाबाट ८४ र ९० वर्षका २ पुरुषको मृत्यु

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्ज उपचार गराइरहेका बाँके र सुर्खेतका २ जना जेष्ठ नागरिकको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर ओलीका अनुसार नेपालगन्ज ९ नं. वडाका ८४ वर्षका पुरुषको शुक्रबार राति १०ः३० बजे र सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका ३ का ९० वर्षका पुरुषको शनिबार साँझ ६ः४५ बजे निधन भएको हो । दुबै जनाले कोभिशिल्ड खोपको दुई मात्रा लगाएका थिए ।