राप्तीसोनारीमा बाघको आक्रमणबाट एक घाइते

नेपालगन्ज : बाँकेको राप्तीसोनारीमा पाटेबाघको आक्रमणबाट एक जना युवा घाइते भएका छन् ।
राप्तीसोनारी गाउँपालिका ६, टेपरीका ६० वर्षीय धनबहादुर चलाउनेको बाघ आक्रमणमा मृत्यु भएको २४ घण्टाभित्रै राप्तीसोनारी गाउँपालिका ७ झगडिया गाउँका २८ वर्षीय वकिल गद्दीलार्ई आइतबार मध्यान्न १२ बजे मन्डफवा सामुदायिक वनमा घाँसदाउरा खोज्न गएका बेला बाघले एक्कासी आक्रमण गरेको घाइते बनाएकोे वकिलले बताए । उनको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । दुई महिना यता राप्तीसोनारीका सामुदायिक वनमा पाटेबाघको आक्रमण जारी छ । अहिलेसम्म राप्तीसोनारीका ४ जनाको ज्यान गइसकेको छ ।