भगवान रामको पूजा गरेर रामनवमी मनाइयो

नेपालगन्ज : विश्वभरका हिन्दु धर्मालम्बीहरुले आइतबार रामनवमी पर्व मनाएका छन् ।

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको पूजा आराधना गरेर मनाएका छन् । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने यो पर्वका अवसरमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिएको छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् रामको जन्म भएको थियो । रामनवमीको अवसरमा आइतबार सरकारले सार्वजनिक विदा दिएको थियो ।