‘डुबान र कटान रोक्न तटबन्ध गर्ने यादवको प्रतिबद्धता’

रमेशकुमार यादव । हलबलडोली
जनता समाजवादी पार्टीबाट डुडुवा गाउँपालिकाका अध्यक्षका उम्मेदवार भण्डारीलाल यादवले जनतालाई डुबान र कटानको समस्याबाट जोगाउन तटबन्ध गरिने प्रतिबद्धता जनाएका छन् । डुडुवाको हलबलडोलीमा घरदैलो कार्यक्रममा यादवले राप्ती नदी र डुडुवा खोलाले गाउपालिकाका विभिन्न वडामा खेतीयोग्य जमिन कटान र वस्ती बर्सेनि डुबानमा पर्ने भएकाले समस्याको दीगो समाधानका लागि तटबन्धको व्यवस्था गर्ने बताएका हुन् । उनले समृद्ध र खुसहाल डुडुवा गाउँपालिका बनाउन पनि आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।