बाँकेमा १३६ मतदान केन्द्र र ३७९ मतदान स्थल

नेपालगन्ज : बाँकेका आठ पालिकामा कूल एक सय ३६ मतदान केन्द्र र तीन सय ७९ मतदान स्थलमा शुक्रबार मतदान हुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तका अनुसार एउटा वडामा कम्तीमा एक वटादेखि बढीमा ८ वटासम्म मतदान केन्द्र रहेका छन् । सबैभन्दा बढी मतदान केन्द्र कोहलपुर नगरपालिकाको वडा नं. २ मा ८ वटा छन् ।
सुरक्षाका लागि बाँकेमा ४ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीय प्रशासनले भोलि मतदानका दिन सार्वजनिक यातायात सन्चालनमा रोक लगाएको छ । तथापि, मतदान केन्द्रमा सहज पहुँचका लागि अपाङ्गता, अशक्त र वृद्धवृद्धाका लागि केहि सार्वजनिक यातायातलाई सवारी पासको व्यवस्था गरिएको छ । त्यसैगरी, उम्मेदवार, अनुगमन टोली, पत्रकार, मेडिकलपर्सनलगायतलाई समेत निश्चित मापदण्ड तोकिएर सवारी पासको व्यवस्था गरिएको छ