बर्दियामा ७२ प्रतिशत मत खस्यो

स्रोत : जिल्ला प्रशासन कार्यालय बर्दिया

गुलरिया : स्थानीय तह निर्वाचनमा बर्दियामा ७२ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय बर्दियाका अनुसार कुल मतदाता ३ लाख ११ हजार ४१० मध्य २ लाख २४ हजार ४ सय ९९ अर्थात ७२ प्रतिशत मतदान भएको हो । जिल्ला प्रशासन कार्यालय बर्दियाले आफ्नो वेभसाइटबाट सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको गुलरिया नगरपालिकामा सबैभन्दा बढी ७५ प्रतिशत, बढैयाताल गाउँपालिकामा ७३ प्रतिशत, बारबर्दिया, ठाकुरबाबा र राजापुरमा ७२ प्रतिशत, बाँसगढी र मधुवनमा ७१ प्रतिशत मतदान भएको छ भने सबैभन्दा कम गेरुवा गाउँपालिमा ७० प्रतिशत मतदान भएको छ ।