टीकापुर ७, ८ र ९ नं. वडाका जनप्रतिनिधिको पदभार ग्रहण

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । नेकपा (माओवादी केन्द्र)बाट विजयी भएका टीकापुर–७ का नवनिर्वाचित अध्यक्ष यज्ञ न्यौपानेसहित वडा सदस्यले बुधबार पदभार ग्रहण गरेका हुन् । वडामा महिला सदस्य कैलापति चौधरी, दलित महिला सदस्य आइतीदेवी सुनार, अभिमन्यू चौधरी र राजकुमार चौधरी निर्वाचित भएका छन् ।
कार्यक्रममा नरेश्वर धमाला, हरिकुमार कार्की, सामाजिक अगुवा धर्म घर्ती, मनिराम ढुंगाना, नन्द बोहरा र हेमराज भट्टराईले जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना दिँदै जनताले मत दिएर जिताए, अब वडाको विकास गरेर जनताको मन जित्नुपर्ने सुझाव दिएका थिए ।

त्यसैगरी दोस्रो कार्यकालका लागि निर्वाचित टीकापुर ८ का अध्यक्ष दीर्घबहादुर ठकुल्ला लगायत सम्पुर्ण सदस्य र वडा न ९ का अध्यक्ष लौटन चौधरीलगायत सदस्यहरुले सयुक्त पनि बुधबार नै पदभार ग्रहण गरेका थिए ।