डुडुवा कार्यपालिकामा एमाले र जसपाका ३/३ सदस्य निर्वाचित, कांग्रेस शून्य

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकामा कार्यपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टीका तीन तीन जना सदस्य निर्वाचित भएका छन् ।
जिल्ला निर्वाचन अधिकारी रमा पन्तका अनुसार एमालेका लीला सुनार, जयन्ती महाउत र शिवकुमार जयसवाल, जसपाका छबरानी यादव, सकिना बेगम नाउ र समसुद्दिन सल्मानी सबैले २४/२४ मत ल्याएर विजयी भए । नेपाली कांग्रेसका कनिका तारा पठानिन, सुष्मा यादव, दीपराज लोनियाले ८/८ र धर्मपाल चमारले ९ मत ल्याए । डुडुवा गाउँपालिकाको ६ वटा वडामध्ये जसपाका तीन, एमाले दुई र कांग्रेसले एक वडा मात्र जितेको छ ।