द आर्ट अफ लिभिङको ६ दिने आनन्द उत्सव कार्यक्रम सम्पन्न

नेपालगन्ज : द आर्ट अफ लिभिङको ६ दिने आनन्द उत्सव (ह्यापिनेस प्रोग्राम) शनिबार नेपालगन्जमा सम्पन्न भएको छ ।
द आर्ट अफ लिभिङका प्रशिक्षक काब्य लम्साल र माला शर्माले योग, ध्यान, प्राणायाम, सुदर्शन क्रिया र अध्यात्मिक ज्ञानबारे सहजिकरण गरेका थिए ।

द आर्ट अफ लिभिङका संस्थापक अध्यात्मिक गुरु श्री श्री रविशंकरले प्रतिपादन गरेको स्वास प्रश्वास सम्बन्धी सुदर्शन क्रियाको अभ्यास गरिन्छ । कार्यक्रममा उद्योगी, व्यवसायी, विद्यार्थी, गृहिणी लगायत करिब २७ जनाको सहभागिता रहेको थियो । आइतबार एउटा र सोमबारदेखि नेपालगन्जमा अर्को ह्यापिनेस प्रोग्राम आयोजना गरिएको छ । त्यसैगरी १४ वर्षदेखि १९ वर्ष उमेर समूहका बालबालिकाका लागि एस र आर्ट एक्सल कार्यक्रम पनि सोमबारदेखि नेपालगन्जमा आयोजना गरिएको प्रशिक्षक माला शर्माले जानकारी दिइन् ।