राप्तीसोनारीमा एमालेका र बैजनाथमा कांग्रेसका एकल ६-६ सदस्य निर्वाचित

नेपालगन्ज : कार्यपालिका सदस्य निर्वाचनमा बाँकेको दुई स्थानीय तहमा मात्र दलहरुले एकल रुपमा ६ सदस्य निर्वाचित गरेका छन् । सोमबारसम्म नतिजा आएका ६ स्थानीत तहमध्ये अरु सबैमा मिश्रित परिणाम आएको छ ।

त्यसैगरी नेपालगन्जमा कांग्रेस र जसपा तीन तीन र राप्रपाबाट दुई सदस्य निर्वाचित भएका छन् । खजुरामा कांग्रेसका चार र माओवादी केन्द्रका दुई सदस्य निर्वाचित भएका छन् । डुडुवा गाउँपालिकामा जसपा र एमालेका तीन तीन सदस्य निर्वाचित भएका छन् । जानकी गाउँपालिकामा कांग्रेसका चार र माओवादी केन्द्रका दुई जना निर्वाचित भएका छन् ।