पश्चिम नेपालमै पहिलो पटक भेरी अस्पतालमा नियमित पूर्ण जोर्नी प्रत्यारोपण

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा पूर्ण जोर्नी प्रत्यारोपण सेवा सुरु भएको छ ।
अस्पतालको अर्थोपेडिक विभागका प्रमुख डा. तीर्थेन्द्र खड्काको नेतृत्वमा डा. प्रकाश थापा, डा. ऋषि विष्ट, डा राहुल मिश्र, एनेस्थेसियोलोजिष्ट डा पारश पाण्डेलगायतको टीमले मंगलबार बाँकेको खजुरा गाउँपालिका ५ का ४५ वर्र्षका भगवान यादवको बायाँतिरको हिपको पूर्ण प्रत्यारोपण गरेको हो । डा. खड्काले भने, ‘धेरै ठाउँमा उपचार गरेर निको भएको थिएन । हिडडुल गर्न पनि गाह्र्रो भइरहेको थियो । हामीले अर्थो प्लाष्टि सर्जरी गरेका हौं ।’
पश्चिम नेपालमै पहिलो पटक भेरीले यो नियमित सेवा सुरु गरेको हो । यसअघि फाट्ट फुट्ट रुपमा मात्र जोर्नी प्रत्यारोपण सेवा हुने गरेको भेरी अस्पतालका हाड जोर्नी रोग विशेषज्ञ डा. प्रकाश थापाले प्र्रष्ट पारे, ‘भेरीमै सर्वसुलभ रुपमा अर्थो प्लाष्टि सर्जरी सेवा सुरु भएपछि काठमाडौं र लखनउ जानुपर्ने बाध्यताको अब अन्त्य भएको छ ।’ अस्पतालको अर्थोपेडिक विभागले यसअघि स्पाइन सर्जरी र घुँडा तथा जोर्नीको अर्थोस्कोपी सर्जरी सेवा पनि सुरु गरेको छ । अस्पतालले एकपछि अर्को विशिष्टकृत सेवा थप्दै गएको छ ।