बाँकेको बालसुधार गृहमा जीवनोपयोगी शिक्षा (फोटो फिचर)
नेपालगन्ज : द आर्ट अफ लिभिङ नेपालले बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा १७९ जना बालकहरुका लागि सकारात्मक सोचका लागि जीवनोपयोगी शिक्षा सम्बन्धी कक्षा सञ्चालन गरेको छ ।
आर्ट अफ लिभिङको बेंङ्ग्लोर आश्रमबाट आएका स्वामी पूर्णतेजले डिभाइन सेसन विथ स्वामीजी’मा बालकहरुलाई सकारात्मक उर्जा दिने प्रवचन दिएका दिएका हुन् । द आर्ट अफ लिभिङ नेपालकी कन्ट्री को–अर्डिनेटर मिखा माथेमा, योग प्रशिक्षकद्वय काव्य लम्साल र माला शर्मा, प्रिजन फाउण्डेसन काठमाडौंका अध्यक्ष ऋषि ओझा, पत्रकार शंकरप्रसाद खनाल र बाल सुधार गृहका प्रमुख विमला काउचा मगरले योग, ध्यान, ज्ञान र सकारात्मक सोचका साथ जीवनलाई उपयोगी बनाउन बालकहरुलाई आग्रह गरेका थिए । बाल सुधार गृहमा १७९ जना बालकहरु छन् ।