पाल्पाली मिलन केन्द्र बाँके-बर्दियाको संयोजकमा पोखरेल

गगन पौड्याल । नेपालगन्ज
पाल्पाली मिलन केन्द्र बाँके-बर्दियाको संयोजकमा माधवप्रसाद पोखरेल चयन भएका छन् ।
पाल्पा जिल्लामा जन्मस्थल भइ बाँके बर्दियामा विभिन्न पेशा व्यवसाय आबद्ध भएकाहरुको शनिबार नेपालगन्जमा सम्पन्न भेलाले पोखरेलको संयोजकत्वमा सचिव थानेश्वर पाण्डे र कोषाध्यक्षमा गंगा प‍ोखरेल, सदस्यहरु रामप्रसाद पोखरेल, उर्मिला पाण्डेय, विष्णु अर्याल, जनक मगर, विष्णु पाण्डेय र माधव पोखरेल गरी ९ सदस्यीय कार्य समिति सर्वसम्मत् रुपमा चयन गरेको हो । त्यसैगरी केन्द्रको सल्लाहकारमा वसन्त गौतम, शिव पाण्डेय, ज्ञानेन्द्र श्रेष्ठ, शेम शाक्य, कृष्ण अर्याल, लक्ष्मण पाण्डेय, कोशलराज नेपाल र विष्णुप्रसाद श्रेष्ठ गरी ८ सदस्यीय सल्लाहकार चयन गरेको छ । भेलाले जेष्ठ नागरिकको सम्मान गर्ने, आपसी समन्वय र हातेमालो गर्ने, भर्खरै निर्वाचित स्थानीय जनप्रतिनिधिलाई भेटघाट गरि सम्मान गर्ने, पाल्पाली ढाका र खादाको उत्पादनको प्रोत्साहन गर्ने, पाल्पा र पश्चिम नेपालको विभिन्न क्षेत्रमा समन्वयकारी भूमिका निभाउने उद्देश्य रहेको र भविष्यमा सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्ने लक्ष्य रहेको केन्द्रले जनाएको छ । समितिले सदस्यता वृद्धि गर्ने, पुरानो पाल्पाली समाजको अनुभव र निर्णय संकलन गर्ने, सामाजिक सेवाका योजना बनाउने र केन्द्रलाई वैधानिक रुपमा दर्ता गर्ने निर्णय समेत गरेको छ ।