गर्मी बढेपछि बाँकेका ४ स्थानीय तहमा ५ दिन स्कुल विदा

नेपालगन्ज : अत्यधिक गर्मी बढेपछि बाँकेका चार स्थानीय तहले पाँच पाँच दिन विद्यालय बन्द गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिकापछि सोमबार डुडुवा गाउँपालिकाले पनि पाँच दिन गर्मी विदा दिएको हो । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार गर्मी अत्याधिक बढेपछि सोमवारदेखि असार ३ गतेसम्म पालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द हुनेछन् ।