लुम्बिनी प्रदेश सरकारको ४२ अर्ब ६३ करोडको बजेट (बाँकेमा बजेट सूचीसहित)

नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बुधबार बसेको प्रदेशसभा बैठकमा लुम्बिनी प्रदेश सरकारका आर्थिक ममिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार रुपैयाँ र पूँजीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सःशर्त अनुदान र विशेष अनुदानमार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि चार अर्ब ८३ करोड १० लाख विनियोजन गरिएको मन्त्री खड्काले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

लुम्बिनी प्रदेशको बजेटमा बाँके जिल्लामा परेको बजेट :
– भेरी अस्पताल नेपालगन्जबाट सशस्त्र द्वन्त्द्वका क्रममा घाइतेको उपचार सेवा
– नेपालगन्जमा गणुस्तर मापन प्रयोगशाला स्थापाना
– नेपालगन्ज विमानस्थलमा कोसेली घर स्थापना
– खजुराको कपास खेती विस्तार गर्न सम्भाव्यता अध्ययन गरी कार्य प्रारम्भ गर्ने
– नौबस्ता औद्योगिक क्षेत्र स्थापना गर्न संघीय सरकारसँग समन्वय गर्ने र औद्योगिक क्षेत्र प्रदेश सरकारको मातहत ल्याउन पहल गर्ने
– बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा छेकवार लगाएर गाउँबस्तीलाई सुरक्षित बनाउने
– बाँकेमा जडीबुटी तथा गैरकाष्ठ वन पैदावार विकास कार्यक्रम कार्यान्वयन गरिने
– बागेश्वरी मन्दिरलाई धार्मिक पर्यटकीय सर्किटको रुपमा विकास गर्ने
– नेपालगन्ज विमानस्थल आसपासका क्षेत्रमा एग्रो मार्ट स्थापना गर्ने
– नेपालगन्जको परसपुर बेलमार राधापुर सहादतपुर सडकका लागि बजेट विनियोजन