बर्दियामा चोरी मुद्दाका फरार प्रतिवादी २५ बर्षपछि पक्राउ

गुलरिया : बर्दिया प्रहरीले चोरी मुद्दाका एक फरार प्रतिवादीलाई २५ बर्षपछि पक्राउ गरेको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका ४ का नेपालु थारुलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक राजनकुमार गौतमका अनुसार २५ वर्षदेखी लुकिछिपी बस्दै आएका फरार प्रतिवादी थारुलाई ईलाका प्रहरी कार्यालय भुरीगाउँवाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
बर्दिया जिल्ला अदालतको मिति २०५३ साल पुस १७ गतेको फैसला आदेशले थारुलाई चोरी मुद्दामा रू. १ हजार ७ सय २५ रुपैया जरिवाना सजाय तोकेको थियो । पक्राउ परेका उनलाई बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको बर्दिया प्रहरील् जनाएको छ ।
त्यस्तै प्रहरीले लागु औषध मुद्दामा ३ महिना २० दिन कैद सजाय तोकिएका फरार प्रतिवादी बाँकेको खजुरा गाउँपालिका ४ का दिनेश शाहीलाइ पनि पक्राउ गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलिले शाहीलाई बुधबार बढैयाताल गाउँपालिका ३ भोलागौडीबाट पक्राउ गरी बाँके जिल्ला अदालत नेपालगंज बाँकेमा बुझाईएको प्रहरी निरिक्षक गौतमले जानकारी दिए ।