सामान्य संसोधनपछि राप्तीसोनारीको बजेट गाउँसभामा पेस

नेपालगन्ज : राप्तीसोनारी गाउँपालिकाले सामान्य संशोधन गरी बजेट र नीति तथा कार्यक्रम गाउँसभामा पेस गरेको छ ।

गत असार १० गते एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले असन्तुष्टि जनाउँदै गाउँसभा बहिस्कार गरेपछि मंगलबार सामान्य संसोधन गरी आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र बजेट पेश गरिएको हो ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि, पर्यटन लगायतलाई प्राथमिकतामा राखी कुल ८८ करोड ३१ लाख ४८ हजारको बजेट आज ११ औं गाउँसभामा प्रस्तुत गरेको हो । गाउँसभामा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष मनिषासिंह थारुले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन तथा संस्थागत विकास, कृषि वातावरण तथा विपत व्यवस्थापन लगाएत विभिन्न शिर्षकमा बजेट विनियोजन गरिएको जानकारी दिईन ।
गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेटले कतीपय नयाँ कार्यक्रम ल्याएको जानकारी दिए । कार्यक्रम गाउँसभाले सामान्य संशोधनसहित पारित गरेको थियो ।