१८ बोरा गाँजासहित बाँकेमा २ जना पक्राउ

रमेशकुमार यादव । मटेहिया
बाँके प्रहरीले १८ बोरा अवैध लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार झन्डै एक सय पचासी किलोग्राम गाँजासहित नरैनापुर गाउँपालिका-६ दोन्द्राकी ५० वर्षिया अनिता मौर्य र ३१ वर्षका पारस मौर्य पक्राउ परेका हुन् ।
विशेष सुराकीका आधारमा करिब ३ : ५५ बजे नरैनापुर गाउँपालिc-६ स्थित चौबिस बिगाह र दोन्द्रा गरी दुई स्थानमा प्रहरी निरीक्षक सुनारसहितको २० जनाको प्रहरी टोलीले उक्त स्थानहरुमा रहेका अनिता मौर्य, चिम्मन अहिर र मङ्ते भन्ने रामदास मौर्या समेतका घरहरुमा रेड (छापा) हानि खान तलासी गर्दा गहुँको भुसभित्र लुकाइछिपाइ राखेको अवस्थामा अवैध लागूऔषध गाँजा १८ बोरा एक सय पचासी किलोग्राम फेला पारी २ जना मानिसलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानका क्रममा घटनामा ४ जना व्यक्ति संलग्न रहेको खुल्न आए पनि २ जना फरार छन् ।