बाँकेमा परम्परागतदेखि मेसिनबाट रोपाइँ (फोटो फिचर)

भगवतिपुर (बाँके) : असार १५ कै दिन वर्षा भएपछि बाँकेका किसानले बुधबार रोपाइँ गरेका छन् । बिहान राप्तीसोनारी गाउँपालिका–३ भगवतिपुरमा पुग्दा किसानले आधुनिक प्रविधि र परम्परागत रुपमा धान रोपिरहेका थिए । जोत्न कतै हलगोरु र राँगा त कतै मेसिन प्रयोग भएको थियो । कोही मेसिनबाट त कोही परम्परागत रुपमा रोपाइँ गरिरहेका थिए ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार जिल्लामा बुधबारसम्म ५ प्रतिशत मात्र रोपाइँ भएको छ । मंगलबार रातिदेखि भारी वर्षा भएकाले किसानहरु खेतमा व्यस्त छन् । जिल्लामा ५७ हजार हेक्टर खेतीयोग्य जमिन भएकोमा ३६ हजार ५०० हेक्टरमा धान खेती हुन्छ । त्यसमा १४ हजार ४०० हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा छ ।