लागूऔषधसहित टीकापुरमा १८ वर्षका किशोर पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट लागूऔषधसहित प्रहरीले एक जना १८ वर्षका किशोरलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी हेमबहादुर शाहीका अनुसार प्रहरी चौकी कालाकुण्डाबाट प्रहरी नायव निरीक्षक रेवन्त बोहराको नेतृत्वमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो ३ बजे लम्की चुहा नगरपालिका–४ बलियाका किशोरलाई पक्राउ गरेको हो । चेकजाँच गर्दा किशोरको साथबाट १२२ ट्याब्लेट नाइटोभेट ट्याब्लेट र १३० मिलिग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको थियो । उनलाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखिएको छ ।