आइटीएफ तेक्वान्दो संघ बाँकेको अध्यक्षमा वली

गगन पौडेल । नेपालगन्ज
नेपाल आइटीएफ तेक्वान्दो संघ बाँकेको अध्यक्षमा नरेन्द्रबहादुर वली निर्वाचित भएका छन् ।
संघको बिहीबार नेपालगन्जमा सम्पन्न तेश्रो जिल्ला अधिवेशनले ओलीको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
संघको उपाध्यक्षद्वय अब्दुल अहमद र सुनिल रसाइली, सचिव जगदीश भट्ट, कोषाध्यक्ष जगदीश यादव र सल्लाहकार सदस्य प्रेम भण्डारी निर्वाचित भएका छन् । त्यसैगरी रम्बान शेख, राजेन्द्र केवट, सूर्य किरण हमाल, जुना विक, सोनु केवट, नरेश तेली, राहुल श्रेष्ठ र अस्मिता वली सदस्यमा निर्वाचित भएका छन् ।
नेपाल आई टी एफ तेक्वान्दो संघका अध्यक्ष रञ्जित गिरीको अध्यक्षता र संघकोे लुम्बिनी प्रदेश अध्यक्ष वीरेन्द्रबहादुर शाही, उपाध्यक्ष गीता क्षत्री, जिल्ला खेलकुद विकास कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका पूर्वउपाध्यक्ष कृष्णा पाठक, आईटीएफका पूर्वटेक्निकल डाइरेक्टर सरोज खान तथा सिनियर प्रशिक्षक राहुल श्रेष्ठको आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमा संघका नवनिर्वाचित अध्यक्ष वलीले राज्यले खेल र खेलाडीलार्इ उपेक्षा गर्नु नहुने धारणा राखेका थिए । आफ्नो कार्यकालमा बाँके जिल्लालाई तेक्वान्दो हब बनाउन स्थानीय, प्रदेश तथा संघीय सरकार समक्ष पहल गर्ने उनले प्रतिबद्धता जनाए ।