जमुनाहा नाकामा नियन्त्रणमा लिइएको अफिमको बियाँ परीक्षण गर्न काठमाडौं पठाइयो

नेपालगन्ज : भारतीय कन्टेनरमा फल्स बटन बनाएर अवैध रुपमा भारत लैजाँदै गरेको अफिमको बियाँ (पोस्ता दाना) परीक्षणका लागि काठमाडौं पठाइएको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपानेले नेपालगन्जको प्रयोगशालाले अफिमको बियाँ उम्रिने वा नउम्रिने खालको भन्नेबारे पत्ता लगाउन नसकेपछि काठमाडौं पठाइएको बताए । प्रयोगशालाको रिपोर्ट आउँदै गर्दा भारतीय गाडीको मालिक र चालकलाई भने पत्राचार गर्ने तयारी भन्सार कार्यालयले गरेको छ ।
यसअघि ०७८ सालमा नेपालमा आयात गरिएको पोस्ता दाना उम्रिने खालको आयात भएपछि वाणिज्य विभागले छानबिन गरेको थियो । पहिलो पोस्ट डटकमले उम्रिने पोस्तादान आयातपछि वाणिज्य विभाग सक्रिय, आयाकर्तालाई बोलाएर सोधपुछ गर्दै शीर्षकमा लेखेको समाचारमा वनस्पति विभागको परीक्षणमा पोस्तादाना उम्रिने खालको पत्ता लागेको जनाएको छ । २९ मंसिर २०७८ मा वनस्पति विभागले पठाएको पत्रमा पठाइएको नमूनामा ९० प्रतिशत उम्रनसक्ने क्षमता रहेको जति पोस्तादाना छर्‍यो ुह्वारह्वार्तीु उम्रिने खालको रहेको जानकारी दिएको थियो ।