नेपाल प्रहरीको सूचना सम्प्रेषण प्रणालीको अध्ययन गरेका टेकप्रसाद राई नेपाल प्रहरी प्रवक्ता

नेपालगन्ज : नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी डीआइजी टेकप्रसाद राईले पाएका छन् । राईले नेपाल प्रहरीको सूचना सम्प्रेषण प्रणालीको अध्ययन गरेका छन् । २०७१ सालमा आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर तहको शोधपत्रमा नेपाल प्रहरीको सूचना सम्प्रेषण प्रणाली र यसको प्रभावकारिता विषयमा राईले अध्ययन गरेका थिए ।
यसअघि मानव बेचविखन ब्युरोमा कार्यरत राई केही समयअघि मात्रै प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका थिए । एसएसपी हुँदा उनले ललितपुर परिसरको प्रमुखका रुपमा र एसपी हुँदा बाँकेको प्रहरी प्रमुख थिए । राई नेपाल प्रहरीभित्र अपराध अनुसन्धानमा काबिलवाला प्रहरी अधिकारीको रुपमा रहेका छन् ।