भेरी अस्पतालको मेसुमा डा.चापागाईं नियुक्त

भेरी अस्पतालका नवनियुक्त मेसु डा.बद्री चापागाईं । फोटो : सेतोपाटी डटकमबाट

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा प्रमुख कन्सल्ट्यान्ट चर्म रोग विषेशज्ञ डा. बद्री चापागाईं नियुक्त भएका छन् ।
भेरी अस्पतालमा ११औं तहमा कार्यरत डा.चापागाईंलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मेसु नियुक्त गरेको हो । अस्पतालका मेसु वीरेन्द्रबहादुर चन्द सेवा निवृत्त भएपछि डा. चापागाई अस्पतालको निमित्त मेसुका रुपमा कार्यरत थिए । डा.चापागाईसँग यसअघि भेरी अस्पताल विकास समिति अध्यक्षको पनि अनुभव छ । २६ भदौ २०७१ देखि १२ माघ २०७२ सम्म उनी विकास समितिको अध्यक्ष भएका थिए । भेरीे अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले फेसबुकमा नवनियुक्त मेसु चापागाईंलाई बधाइ दिएका छन् ।