हुलाक प्रमुख पाण्डेले दिए बाल सुधार गृहलाई पुस्तक

नेपालगन्ज : जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेले बाँकेको जयेन्दु बाल सुधार केन्द्रको पुस्तकालयलाई पुस्तक सहयोग गरेका छन् ।
नव चेतना शिविरको समापनको अवसरमा मंगलबार आयोजित कार्यक्रममा सुधार गृहकी इन्चार्ज विमला काउचा मगरलाई प्रमुख पाण्डेले १३ वटा पुस्तक हस्तान्तरण गरेका हुन् । सकारात्मक सोच, जीउने कला, अध्यात्म, योग, सीपमूलक तालिम, कृषि, लोकसेवा आयोग तयारी, कम्प्युटर शिक्षालगायतका विषयका पुस्तक रहेका छन् । कार्यक्रममा प्रमुख पाण्डेले सुधार गृहका लागि पुस्तक संकलन अभियान नै सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।