४०औं वीपी स्मृति दिवसमा खजुरा कांग्रेसद्वारा वृक्षारोपण

नेपालगन्ज : ४०औं वीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस खजुरा गाउँपालिका-३ वडा समितिले वृक्षारोपण गरेको छ । खजुरा-३ स्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय परिसरमा मंगलबार आयोजित वृक्षारोपण कार्यक्रमको कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले शुभारम्भ गरेका हुन् ।

सभापति कोइरालाले गुटबन्दी नगर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । उनले गुटबन्दी गरेर कांग्रेस बलियो नबन्ने भन्दै सबै नेता कार्यकर्ताहरुलाई बलियो र सुदृढ कांग्रेस बनाउनतर्फ लाग्न आह्वान गरे । उनले स्थानीय तहमा प्राप्त गरेको सफलता संघ र प्रदेशमा पनि हासिल गर्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रम नेका खजुरा ३ वडा समिति सभापति शेषकान्त कँडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।