संक्रमणकालीन न्यायबारे पत्रकारलाई प्रशिक्षण

ठाकुरद्वारा (बर्दिया) : संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा कलम चलाउने पत्रकारका लागि प्रशिक्षण सुरु भएको छ ।
नेपाल पीस विल्डिङ इनिसियटिभ ललितपुरको सहयोगमा नेपाल पत्रकार महासंघ बाँके शाखाले द्वन्द्व पीडित केन्द्रित मिडिया कभरेज शीर्षकमा पत्रकारका लागि प्रशिक्षण सोमबारदेखि बर्दियाको ठाकुरद्वारामा सुरु गरेको हो ।

नेपाल पीस विल्डिङ इनिसियटिभका संस्थापक तथा कार्यकारी प्रमुख सुविन्द्र बोगटीले प्रशिक्षणको उद्देश्यबारे प्रकाश पार्दै नेपालमा सशस्त्र द्वन्द्व समाप्त भए पनि संंक्रमणकालीन न्यायको कामले पूर्णता नपाएकाले पत्रकारलाई पीडित केन्द्रीत समाचार संकलन गर्न आग्रह गरे । उनले बढी भन्दा बढी पीडितका विषयका समाचार प्रकाशन प्रसारण गर्न नै पत्रकारलाई अभिमुखीकरण गर्नु परेको बताए । नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीले अझै पनि द्वन्द्व पीडितले न्याय नपाएकाले सरकारलाई दवाब दिन पत्रकारले निरन्तर कलम चलाउन आवश्यक रहेको बताए । कार्यक्रममा नेपाल पीस विल्डिङ इनिसियटिभका कार्यक्रम अधिकृत स्मृति काफ्लेले  संस्थाले द्वन्द्व पीडितको अवस्थाबारे बाँके, बर्दिया र रोल्पा जिल्लामा गरिएको अनुसन्धान मस्यौैदा प्रस्तुत गरेर पत्रकारबाट सुझाव लिएकी थिइन् । तालिममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, बीबीसी नेपाली सेवाका शरद केसीले सहजीकरण गरिरहेका छन् । बाँके, बर्दिया र रोल्पाका पत्रकारको सहभागिता छ ।