रामेश्वर-कमलादेवी स्मृति पुरस्कार शर्मा र आचार्यलाई

नेपालगन्ज : तिमिल्सेना वाङ्गमय प्रतिष्ठानले रामेश्वर–कमलादेवी स्मृति पुरस्कार किरण आचार्य र डा. गोपाल शर्मालाई प्रदान गरेको छ ।
प्रतिष्ठानले मंगलबार नेपालगन्जमा आयोजना गरेको कार्याक्रममा साहित्यमा गरेको योगदानको कदर गर्दै २०७७ सालको पुरस्कार आचार्यलाई र शिक्षा क्षेत्रमा गरेको योगदान गरेको भन्दै २०७८ सालको पुरस्कार शर्मालाई प्रदान गरेको हो । पुरस्कार राशी जनही ५ हजार ५ सय ५ रुपैँया रहेको छ । कोरोनाका कारण दुई वर्षको पुरस्कार एकैपटक प्रदान गरेको हो ।

साहित्यकार हरि तिमिल्सैना र मीना बरालले मातापिता कमलादेवी उपाध्याय र रामेश्वर उपाध्यायको नाममा अक्षय कोष स्थापना गरेर कोषको ब्याजबाट हरेक वर्ष भाषा, साहित्य, कला, संस्कृति र सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिलाई पुरस्कार र सम्मान गरिन्छ ।