प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगितामा स्प्रीङ्ग डेल स्कुल प्रथम

नेपालगन्ज : प्याब्सन बाँकेले आयोजना गरेको प्रथम प्याब्सन अन्तरविद्यालय राष्ट्रिय लोक नृत्य प्रतियोगिता २०७९ मा नेपालगन्जको स्प्रीङ्ग डेल एकेडेमी प्रथम भएको छ ।

प्याब्सन बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको प्रतियोगितामा प्रथम स्प्रीङ्गले प्रथम हुँदै १० हजार रुपैयाँ जितेको छ । प्रतियोगितामा एन्जल्स हाइस्कुल दोस्रो र लिट्टिल एन्जल्स कोहलपुर तेस्रो भए । दोस्रो र तेस्रोलाई क्रमशः ७ हजार र पाँच हजार रुपैयाँ प्रदान गरियो । प्रतियोगितामा बाँके जिल्लाका २२ विद्यालयले भाग लिएका थिए । स्प्रीङ्ग डेल लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट भएको विद्यालयका प्रिन्सिपल शरदचन्द्र रावलले बताए ।