राजापुरमा उद्यमशिलता विकास तथा व्यवसायिक योजना निर्माण तालिम सम्पन्न

बर्दिया : बर्दियाको राजापुरमा उद्यमशिलता विकास तथा व्यवसायिक योजना निर्माण तालिम सम्पन्न भएको छ ।

राधाकृष्ण थारु जनसेवा केन्द्र र लुथरन वल्र्ड फेडेरेशनको साझेदारीमा संचालित कोभिड १९ प्रतिकार्य आर्थिक पुनर्लाभ परियोजना अन्तर्गत पाँच दिने तालिम सम्पन्न भएको हो । कृषि समुहका सदस्यहरुलाई उद्यमशिलता विकास तथा व्यवसायिक योजना निर्माण सम्बन्धी प्रशिक्षण दिईएको थियो ।
उद्यमीहरुलाई योजनाबद्ध तरीकाले योजना निर्माण गर्ने ज्ञान र सीप अभिवृद्धी गर्नका लागि आयोजित तालिमको सहजीकरण पूर्ण बहादुर वलीले गरेका थिए । ८ वटा महिला कृषि समुहका २० जना कृषकहरु सहभागी भएको तालिममा उद्यमशिलता विकास तथा व्यवसायिक योजना निर्माण सम्बन्धी प्रशिक्षण दिईएको थियो । तालिममा व्यवसायिक योजना निर्माण, उत्पादन, बजारीकरण आदि विषयहरु समेटिएको आयोजक संस्था राधाकृष्ण थारु जनसेवा केन्द्रका संयोजक जितराम चौधरीले बताए ।