बर्दियामा कानमा लगाएको सुनको बाली चोर्ने भारतिय नागरिक पक्राउ

गुलरिया : बर्दिया प्रहरीले एक बृद्द महिलाले कानमा लगाएको सुनको बाली कानबाटै थुतेर फरार भएका भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जीवराज थापा क्षेत्रीका अुनसार आईतबार बढैयाताल ८ कण्ठपुरस्थित अन्दाजी ८३ वर्षिय बृद्द महिलाले कानमा लगाएको पौने एक तोला बराबरको २ थान सुनको बाली कानबाटै थुतेर भागेका भारतीय नागरिक रज्जन दर्जीलाई पक्राउ गरेको हो ।
गहना चोरीको सूचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाबाट प्रहरी टोली परिचालित भई स्थानिय मानिसहरुको सहयोगमा दर्जीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
भारत जिल्ला बहराइच तहसिल नानपारा थाना मोतिपुर ग्राम चौधरीगाँव बस्ने दर्जीलाई उल्लेखित सुनको बाली सहित नियन्त्रणमा लिई सम्मानित बर्दिया जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी निरिक्षक क्षेत्रीको भनाई   छ ।