बाँके केन्द्र विन्दु बनाएर पश्चिम नेपालमा भूकम्पको धक्का

बाँके सहित पश्चिम नेपालमा गएराति भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाँके केन्द्रविन्दु भएर राति १:२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो ।
बाँकेसहित पश्चिम तराइका विभिन्न जिल्लाका स्थानीयले भूकम्पको धक्का महसुस गरेपछि राति नै सामाजिक सन्जाल फेसबुकमा भुकम्पको झडकाले त्रसित बनाएको प्रतिकृया जनाएका थिए ।
भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्लामा परेको छ भने र भारतको लखनउ क्षेत्रमा समेत समान समयमा महसुस भएको त्यहाँका सन्चार माध्यमले जनाएका छन ।