बाँके २ (ख) बाट डा. कर्णको स्वतन्त्र उम्मेदवारी घोषणा

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजका प्लाष्टिक सर्जन डा. विनोद कर्णले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन । आगामी मंसिर ४ गते हुने निर्वाचनमा डा. कर्णले बाँके क्षेत्र नम्वर २ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन ।
सोमबार पत्रकार सम्मेलन गरी स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै उनले राजनीतिक गर्ने आफ्नो अन्य कुनै ठुलो चाहना नभएको बताउँदै यो क्षेत्रलाई देशकै नमुना कसरी बनाउन सकिन्छ भनेर उम्मेदवारी घोषणा गरेको बताए । ‘मर्नु भन्दा अघि नेपालगन्ज समृद्ध भएको हेरेर मर्ने ठुलो ईच्छा छ’ उनले भावुक हुँदै भने ‘मेरो उम्मेदवारीको घोषणा पनि त्यसमै लक्षित छ, की म अन्तिम सास लिदा खेरी नेपालगन्ज सम्बृद्ध भएको देख्न पाईयोस ।’
डा. कर्ण चिकित्सासँगै ‘क्लिन नेपालगञ्ज ग्रीन नेपालगञ्ज’ अभियान मार्फत विभिन्न सामाजिक अभियानमा अग्रसर हुँदै आएका छन । उनी २०७४ सालमा पनि विवेकशील साझाबाट प्रदेशमा चुनाव लड्ेका थिए ।