चलचित्र पत्रकार संघद्वारा पत्रकारबीच तिज विशेष भेटघाट कार्यक्रम आयोजना

नेपालगन्ज : चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले पत्रकारबीच हरितालिका तीज विशेष भेटघाट कार्यक्रम आयोजना गरेको छ ।
संघले शुक्रबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा मञ्चमा अधिकांश महिला पत्रकारलाई राखिएको थियो । संघका अध्यक्ष रामचन्द्र पौडेलले कार्यक्रमको अध्यक्षता नगरेर कोषाध्यक्ष निशु जोशीलाई जिम्मेवारी दिएका थिए । यद्यपि कार्यक्रममा पत्रकार सम्बद्ध विभिन्न संघसंस्थाका पुरुष नेताका साथै क्रियाशील पत्रकारहरुलाई पनि डाकेर दर खुवाइएको थियो । संघका कोषाध्यक्ष निशु जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष शुक्रऋषि चौलागाई, सञ्चारिका समूह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष करुणा शाह, नेपाल प्रेस यूनियन बाँकेका अध्यक्ष अर्जुन ओली, सञ्चारिका समूह बाँकेकी अध्यक्ष रुपनी जीएम, पत्रकारहरु शंकरप्रसाद खनाल, अक्षरी पोखरेल, थारु पत्रकार संघ बाँकेका पूर्वअध्यक्ष तथा बीबीसी नेपाली सेवामा कार्यरत विमला चौधरीलगायतले तिजको शुभकामना दिएका थिए । औपचारिक कार्यक्रमपछि पत्रकारले तिजका गीत नृत्य गरेका थिए ।